वार्षिक पचास हजारजनालाई रोजगारी दिने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ४ गते ।
बागमती प्रदेश सरकारले वार्षिक कम्ती ५० हजार जनालाई रोजगार दिने गरी श्रम नीति ल्याएको छ ।
प्रदेशभित्र कम्तीमा ५० हजार जनालाई रोजगारी दिने गरी प्रदेश सरकारले प्रदेश श्रम तथा रोजगार नीति २०८० बनाएको हो ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले रोजगारी सिर्जना गर्न मुख्यमन्त्री रोजगार कार्यक्रम र सञ्चालन गरिने जनाएको छ ।
काम गर्न ईच्छुक तर काम नपाएका व्यक्तिलाई लक्षित गरी कम्तीमा वार्षिक ५० हजार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति दिलाउने गरी प्रदेश सरकारको श्रम तथा रोजगार नीति बनाइएको छ ।
मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले अनौपचारिक क्षेत्रका श्रमिकलाई सङ्गठित हुन सहज हुने कानुनी र संस्थागत व्यवस्था गर्ने गरी श्रम तथा रोजगार नीति ल्याइएको जानकारी दिनुभयो ।
यस्तै मन्त्रालयले प्रदेशको आवश्यकता र सम्भावनाका आधारमा रोजगारी प्रदान गर्न सकिने क्षेत्रको पहिचान गर्ने उद्देश्यले प्रदेश श्रम तथा रोजगार नीति बनाएको जनाएको छ ।
देशको नौ २३ हजार ३५६ प्रतिष्ठानमध्ये बागमती प्रदेशमा दुई लाख ८२ हजार ९२० प्रतिष्ठान रहेको र १२ लाख १९ हजार ४९७ जनाले रोजगारी पाएका छन् ।
सूचना अधिकारी पौडेलले भन्नुभयो, प्रदेशको लागि आवश्यक जनशक्तिको प्रक्षेपण गर्ने, बजारको आवश्यकता बमोजिमको जनशक्ति उत्पादन तथा उपयोगको स्पष्ट मार्ग दर्शन बनाउन श्रम तथा रोजगार नीति बनाइएको हो ।
नीतिको कार्यान्वयनपछि प्रतिस्पर्धि जनशक्ति विकास तथा उत्पादनमूलक क्रियाकलापका लागि अनुकूल वातावरणको सिर्जना गरी सबैलाई गुणस्तरीय रोजगारी एवं स्वरोजगारीको अवसर प्राप्त हुने विश्वास गरिएको ।

ताजा समाचार

Related Articles