बागमती प्रदेशमा भाडा समायोजन आज

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ४ गते ।
पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिसँगै बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन आज सोमबार गर्ने तयारी गरिएको छ ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्ने तयारी भईरहेको जानकारी दिनुभयो । प्रदेशको भाडा निर्धारण/समायोजन सिफारिस समितिले भाडा समायोजनसम्बन्धमा छलफल गरी खाका तयार गरेको बताउँदै मन्त्रीस्तरीय निर्णयपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सहमतीमा सार्वजनिक सवारीको भाडा दर समायोजन गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, मन्त्रीपरिषद् कार्यालयको सहमतीपछि सोमबारबाटै लागू हुने गरी भाडा समायोजन हुने छ । उहाँले बागमती प्रदेशमा सोमबार र बिहीबार मात्र प्रदेश राजपत्र निस्कने भएकोले भाडा समायोजनमा ढिलाई भएको बताउनुभयो ।
यसअघि यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिसँगै अन्तर प्रदेश सार्वजनिक सवारका साधनको भाडा समायोजन गरिसकेको छ ।
उता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको आधारमा ४.४९ प्रतिशत र अन्तर प्रदेशबाट भएको भाडा समायोजन ४.४९ प्रतिशतको अनुपातलाई समेटेर भाडा समायोजन गर्न प्रदेश सरकारसँग माग गर्नुभएको छ ।
उता
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै पछिल्लो पटक प्रदेश सरकारले गत साउन ११ गते भाडा समायोजन गरिएको थियो ।
यस्तै यातायात व्यवस्था विभागले गत साउन ३१ गतेदेखि लागू हुने गरी अन्तर प्रदेश सार्वजनिक सवारका साधनको भाडा समायोजन गरिसकेको छ ।

ताजा समाचार

Related Articles