अन्तर प्रदेश खेलकुद आगामी फागुनमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ५ गते ।
बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आगामी फागुन महिनामा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ ।
परिषद्को बोर्ड बैठकले अन्तर प्रदेश राष्ट्रिय खेलकुद आगामी फागुन २४ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको हो । परिषद्का अध्यक्ष एवं बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा काठमाडौँमा आइतबार बसेको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेपनि प्रतियोगिता आयोजना स्थल भने तय गरिसकेको छैन । प्रतियोगितामा सातै प्रदेशको सहभागिता रहने र कम्तीमा १३ खेल समावेश गरिने जनाइएको छ ।
दोस्रो बागमती प्रदेश खेलकुदमा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङको प्रतिस्पर्धा भएको खेलहरुमानै अन्तरप्रदेश खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गराइने जनाइएको छ ।
बैठकले स्थानीय तह र जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड क्रमशः मङ्सिर र पुसमा तथा बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड माघ मसान्तसम्ममा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाउने निर्णय गरेको छ ।

ताजा समाचार

Related Articles