आँखा पाक्ने रोगको प्रभाव घट्दै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ६ गते ।
गत साउनको सुरुवातदेखि देखिन थालेर चौथो साता पुग्दा उत्कर्षमा पुगेको आँखा पाक्ने रोगको प्रभाव क्रमशः घट्दै गएको छ ।
वर्षासँगै गर्मीयाममा विगतका वर्षहरुमा सामान्य रुपमा देखिने गरेको आँखा पाक्ने रोग यो वर्ष भने मकवानपुर, चितवन, सिन्धुली, रामेछापलगायतका जिल्लामा प्रकोपको रुपमा फैलिएको थियो । तर पछिल्ला केही दिनयता आँखा पाक्ने रोगको प्रभाव घट्दै गएको अस्पतालका आँखा कार्यक्रमका संयोजक सुशीलकुमार सिंह बताउनुहुन्छ ।
वर्षाको समयमा मौसम परिवर्तनसँगै देखिने यो सरुवारोग (भाइरल) को थप सङ्क्रमण फैलन नदिन चितवन, रामेछाप, सिन्धुलीलगायतका जिल्लाका विद्यालयहरु बन्द गरिएको थियो । वर्षाको समयमा उच्चतम बिन्दुमा पुग्ने सतर्कता र सचेतता अपनाउँदा सङ्क्रमण कम हुँदै जाने अस्पतालका आँखा कार्यक्रम संयोजक सिंहको भनाई छ ।
आँखा पाक्ने रोग सङ्क्रमण सुरु भएपछि नागरिकले सतर्कता र निगरानीसँगै आँखा जाँच र औषधिको प्रयोग गर्न थालेपछि थप फैलन नपाएको बताउँदै अस्पतालका आँखा कार्यक्रमका संयोजक सिंहले पानी पर्ने क्रमसमते कम भएकोले आँखा पाक्ने रोगको सङ्क्रमण कम हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, अब यो रोगको सङ्क्रमण एक सातादेखि १० दिनभित्रमा कम हुँदै नियन्त्रणमा आउने छ ।
आँखा पाक्ने रोगको सङ्क्रमण यो वर्ष मकवानपुरको हेटौँडा उपमहानगरपालिका, मनहरी गाउँपालिकालगायतका स्थानमा फैलिएको थियो । यो रोगले प्रकोपको रुप लिएपछि हेटौँडा सामुदायिक आँखा अस्पतालमा समेत गत साउनको तेश्रो र चौथौँ साता आँखा जाँच गराउन आउने बिरामीको चाप थेगिनसक्नुभएको थियो ।
अस्पतालमा अन्य समयमा आँखा जाँच गराउने बिरामीको अनुपातका आँखा रोगकोको प्रकोप फैलिएको समयमा नियमितभन्दा दोब्बर बिरामी आँखा जाँचका लागि पुगेका थिए ।
दैनिक तीन सयदेखि ३५० जनासम्मको जाँच गर्दै आएका आँखा अस्पतालमा गत साउनको चौथो साताको आइतबार र सोमबार सात सय जनाले आँखा जाँका लागि टोकन बिहानै लिएर टोकन नै सकिएपछि टोकन वितरण नै रोक्नुपर्ने अवस्था आएको थियो । उहाँका अनुसार त्यतिबेला आँखा जाँच गराउन आउने बिरामीको ७० प्रतिशतमा आँखा पाक्ने रोग सङ्क्रमण भएको पाइएको थियो । बिरामीको चाप बढेपछि सूचना नै टाँस गरेर नियमित जाँच गराउनु पर्ने र सामान्य बिरामीलाई पछि आउन भन्नुपर्ने अवस्था सिर्जना भयो उहाँले भन्नुभयो ।
उहाँले बआँखा पाक्ने रोगको औषधि बजारमा केही अभाव देखिएपनि अस्पतालमा आवश्यक मात्रामा मौज्दात रहेको भन्दै आँखा जाँच गरेपछि मात्र दिने भएकोले औषधि अभाव नभएको बताउनुभयो । उहाँका अनुसार उपचारका लागि आउने केही बिरामीमा आँखाको नानीमा घाउ हुनेसम्मको समस्या देखिएको थियो ।

ताजा समाचार

Related Articles