बागमती प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते ।
बागमती प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन एवं कार्य विभाजन गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मन्त्रिपरिषद् पुनर्गठन एवं कार्य विभाजन गरिएको हो ।
यसअघि मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले यस प्रदेशमा ११ वटा मन्त्रालय रहेको फुटाएर १२ वटा बनाउने निर्णय गरेको थियो ।
शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएपछिको मन्त्रिपरिषद् पुनर्गठन एवं कार्य विभाजन यो पाँचौ पटक हो ।
पछिल्लो पटक गत गत जेठ ७ गते सत्ता गठबन्धनबिच भागबण्डा नमिलेपछि ११ मन्त्रालय रहेको यस प्रदेशमा १२ जना मन्त्री बनाएर मन्त्रिपरिषद् पुनर्गठन एवं कार्य विभाजन गरिएको थियो ।
बागमती प्रदेशका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन एवं कार्य विभाजन गर्नुभएको जनाउनुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार पुनर्गठित मन्त्रीपरिषद्को कार्यविभाजन यस प्रकार रहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्रालयको बहादुरसिं लामा (तामाङ), आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गङ्गानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्रालयको कुमारी मुक्तान, भौतिक पूर्वाधार विकास मन्त्रालयको युवराज दुलाल, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयको तीर्थबहादुर लामा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी रामकृष्ण चित्रकारले पाउनुभएको छ । यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको डा. राजेन्द्रमान श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्रालयको लक्ष्मण लम्साल, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको पुकार महर्जन, स्वास्थ्य मन्त्रालयको उत्तम जोशी र वन तथा वातावरण मन्त्रालयको मसिना खड्काले जिम्मेवारी पाउनुभएको छ । फाइल फोटो ।

ताजा समाचार

Related Articles