नगरस्तरीय चित्रकला प्रतियोगितामा गौतम प्रथम

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ९ गते ।
बालबालिकालाई लक्षित गरी आयोजना गरिएको नगरस्तरीय चित्रकला प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका वडा नं ७ की विपिका गौतम प्रथम हुनुभएको छ । नगरस्तरीय बाल समूह सञ्जाल, हेटौँडा उपमहानगरपालिकाको आयोजनामा शनिबार हेटौँडामा भएको नगरस्तरीय चित्रकला प्रतियोगितामा हेटौँडा २ की स्वस्ती शाक्य दोश्रो, हेटौँडा १३ का समिर गोले तृतीय हुनुभएको थियो ।
१८ जना सहभागी रहेको प्रतियोगितामा हेटौँडा ६ का बालक सुरज श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।
बाल अधिकार विषयमा भएको नगरस्तरीय चित्रकला प्रतियोगिता नगरस्तरीय बाल समूह सञ्जाल, हेटौँडाका सौरज देवकोटाको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता भएको थियो ।

ताजा समाचार

Related Articles