माओवादी केन्द्र तीन महिने अभियानमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ९ गते ।
नेकपा(माओवादी केन्द्र) हेटौँडा उपमहानगर कमिटीले पार्टी सुदृढिकरणकालागि “जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” को तयारी सुरु गरेको छ । शनिबार हेटौँडामा बसेको हेटौँडा उपमहानगर कमिटीको पूर्ण बैठकले अभियानका यसबारेमा तयारी अघि बढाएको उपमहानगर कमिटीका अध्यक्ष तीर्थ थापा मगरले जानकारी दिएका छन् ।
बैठकमा बोल्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले हाल पछिल्लो समयमा कार्यकर्तामा निराशा छाइरहेको पाइएकाले सकृयता र सशक्तता बढाउन अभियान अघि बढाइएको बताउनुभयो । निजी स्र्वाभन्दा माथि उठेर परिवर्तनलाई बचाउँदै सकृय रुपमा अभियानमा जुट्न भन्दै उहाँले माओवादी पार्टीलाई २०८४ मा २०६४ को अवस्थामा पु¥याउने लक्ष्यकासाथ तीन महिने अभियानमा जनताका घरघरमा पुग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
बैठकमा केन्द्रीय सदस्य डीपी ढकालले पार्टीमा कार्यकर्ता पङ्तीमा हाल गुनासोहरु सुन्ने गरेको भन्दै गुनासोहरुलाई सुन्दै सबै पार्टी पङ्ती रुपान्तरणमा लाग्न अनरोध गर्नुभयो । बागमती प्रदेश सदस्य एवं माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामीले तीन महिने अभियानलाई सफल बनाउँदै निरन्तर संगठन निर्माणमा सकृय रहन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभयो ।
यसैबीच अभियानअन्तर्गत पहिलो चरणमा तहगत बैठक, भेला, प्रशिक्षण, सदस्यता नविकरण/विस्तार, कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, तथा कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माण गर्ने माओवादी केन्द्रले उल्लेख गरेको छ । यसैगरी, दोस्रो चरणमा पार्टीमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेलालगायतका कार्यक्रम गरिने छ । यस्तै, जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालन कार्यक्रम, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यवद्धताका कार्यक्रम तेस्रो चरणमा गरिने माओवादी केन्द्रले जनाएको छ ।
यसैगरी माओवादी केन्द्र उपमहानगर कमिटीले अभियानका लागि विभिन्न वडाहरुको छुट्टै तयारी बैठक राखेको छ ।

ताजा समाचार

Related Articles