साहित्यकार तुलसी थापाको निधन

लोकप्रिय

हेटौँडा, भदौ ९ गते ।

मकवानपुरका अग्रज साहित्यिक स्रष्टा एवम् शिक्षासेवी तुलसी थापाको निधन भएको छ । चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा उहाँको शुक्रबार निधन भएको हो । 

मुटु, मिर्गौला र फोक्सोको समस्या पीडित ७८ वर्षीय थापामा केही दिनयता निमोनियासमेत देखिएको थियो । कथा, कविता र नाटकमा कलम चलाउने थापाका पछिल्ला समयमा दाना कविता लेखेर साहित्य क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएको थियो । 

मकवानपुरका विभिन्न विद्यालयको प्रधानाध्यापक भई नेतृत्व गर्नुभएका थापा शिक्षण पेसाबाट निवृत्त भएपछि साहित्य र कलाको विकासमा लाग्नुभएको थियो । भीम विराग सङ्गीत, साहित्य कला प्रतिष्ठानका पूर्व अध्यक्षसमेत रहनुभएका थापाले सीमान्तकृत समुदाय चेपाङ समुदायको विकासमा लामो समयमा काम गर्नुभएको थियो । थापाको दाना कविता सङ्ग्रह ‘एक निमेष अनन्तको’ लगायतका कृति प्रकाशित छ । थापाको जन्म मकवानपुरको भैँसेमा २००२ सालमा भएको थियो ।
थापाको अन्तिम संस्कार चितवनको देवघाटमा शनिबार गरिने भएको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles