मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १० गते ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी गण हेटौँडाको प्राङ्गणमा आइतबार बागमती प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी विशेष सुरक्षा गण, रातोमाटे र बागमती प्रदेश प्रहरी गण, हेटौँडाकाबीच प्रतियोगिता भएको हो ।
उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगिता बागमती प्रदेश प्रहरी गण, हेटौँडाले जित हासिल गरेको थियो । सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारी प्रतियोगिताको टिममा सहभागी रहेका थिए ।
फुटबल प्रतियोगितामा बागमती प्रदेश प्रहरी प्रमुख किरण राणा, प्रहरी उपरीक्षक महेन्द्र खड्का, प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरलगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

Related Articles