सुनका गरगहना चोरीमा संलग्न चार जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १० गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ९ लामसुरेधापस्थित सुशीला साउदको घरबाट नगदसहित सुनका गरगहना चोरीमा संलग्न र खरिद गर्नेसहित चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ का वर्ष २८ का भीमलाल लामा, सोही स्थानका वर्ष २८ का प्रदीप तामाङ र वर्ष २९ का आकाश तामाङ रहेका छन् । यस्तै चोरीको सुनका गरगहना खरिद गर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिका ६ घर भई हाल जिल्ला काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका ८ मा रितु सुन पसल सञ्चालन गरी बस्ने वर्ष ३१ का राजेन्द्र रसाईलीलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।
उनीहरुलाई गत बिहीबार काठमाडौँको विभिन्न वडाहरुबाट पक्राउ थियो ।
उनीहरुले नगर ३० हजार, सुनको सिक्री डेढ तोलाको एक थान, सुनको बाला एक तोलाको एक थान, सुनको चन्द्र हार एक तोलाको एक थान, सुनको टप चार आनाको एक जोडी, सुनको मुन्द्रा दुई आनाको एक जोडी र घडी एक थान गरी पाँच लाख ३२ हजार रुपियाँ बराबरको सुनको गरगहना, घडी चोरी गरेको प्रहरीले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमती लिई घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles