खासकुरा संवाददाता
हेटौँडा, भदौ १२ गते ।
मातृभूमि साहित्य समाज मकवानपुरले हरेक दुई वर्षमा प्रदान गर्दै आएको मातृभूमि राष्ट्रिय सम्मान २०८० बाट संस्कृतिविद् प्रा.डा. जगमान गुरुङलाई प्रदान गरिनेभएको छ ।
नेपाल र नेपालीलाई चिनाउन महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति वा सङ्घसंस्थालाई प्रादन गर्दै आएको उक्त सम्मान नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्व उपकुलपतिसमेत रहनुभएका गुरुङलाई आगामी असोज ६ गते हेटौँडामा आयोजना गरिने कार्यक्रममा समर्पण गर्ने निर्णय गरेको समाजले जनाएको छ ।
संस्थाले आफ्नै अक्षयकोषबाट स्थापना गरेको सम्मानको पुरस्कार राशि २५ हजार एक रुपियाँ रहेको छ ।
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवं सम्वर्धनमा मकवानपुरमा क्रियाशील समाजले आफ्नो रजत वर्षैभरि विविध कार्यक्रम गरी मनाउने भएको छ । समाजका अध्यक्ष माधव पोख्रेलले समाजका कार्यसमिति सदस्य किशन पौडेलले स्थापना गर्नुभएको ११ हजार १११ रुपियाँ राशीको मातृभूमि लघु कथारत्न सम्मान २०७९ बाट वरिष्ठ लघु कथाकार डा. विदुर चालिसेद्वारा लिखित लघुकथालयलाई समर्पण गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसैगरी उक्त कार्यक्रममा महाकाव्यकार मुना अर्यालको दोश्रो महाकाव्य ‘महाकाश’ विमोचन गरिने भएको छ ।