लोप हुँदै गए कोलमिल 

लोकप्रिय

रोल्पा, भदौ १६ गते ।

रोल्पामा पछिल्लो समय प्रविधिको विकास भएसँगै ग्रामीण भेगमा प्रशस्त पाइने परम्परागत प्रविधिमा आधारित काठबाट निर्मित तोरी, चिउरी, उखु, अमिलो पेल्न प्रयोग गरिने कोलमिल लोप हुँदै गएको छ ।

गाऊँ गाँऊमा सडक बिस्तार भएसँगै यातायातको पहुँच बढ्दै गएकोले पानी र विद्युतबाट सञ्चालन हुने आधुनिक मिलको प्रयोग बढ्दै गएको हुनाले परम्परागत काठका कोलमिल लोप हुँदै गएका हुन् ।

तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी हुँदै जानु तथा बजारमा विभिन्न किसिमका पोका र जर्किनमा खानेतेल गाउँमा सहजै उपलब्ध हुँदै जानु र आधुनिक तेल पेल्ने मिल भित्रिए पश्चात् छिटो छरितो काम हुनुको साथै जनशक्ति कम लाग्ने भएकाले जिल्लामा सयौँको सङ्ख्यामा रहेका ती कोलमिल अहिले लोप भएका हुन् ।

करिब एक दशक अगाडिसम्म जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भइरहेका कोलमिल अस्तित्वमा समेत देखिन मुस्किल छ भने छिटफुट मात्रामा कतैकतै मुस्किलले ग्रामीण पहिचानको लागि देख्न पाइन्छ ।

ताजा समाचार

Related Articles