ड्रुक एयरले पोखरामा उडान गर्दै

लोकप्रिय

काठमाडौँ, भदौ १८ गते । 

भुटानको ड्रुक एयरले पोखरामा चार्टर उडान गर्ने भएको छ । ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ २३ गते उडान गर्न लागेको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार करिब एक घण्टाको उडान गर्दै पोखरा आएपछि उक्त जहाज पोखराबाटै भुटान फर्किने छ । 

उहाँले भन्नुभयो, “ड्रुकले भदौ २३ गते पोखरामा चार्टर उडान गर्न साउन २५ गते प्राधिकरणसँग अनुमति मागेको थियो । ड्रुक एयरले चार्टर उडानपछि नियमित उडान गर्नेबारे समेत चासो देखाएको छ । प्रव्रिmयामा भने आइसकेको छैन ।” ड्रुक एयरले चार्टर उडानमार्फत १५० को हाराहारीमा यात्रु पोखरा ल्याउने र फर्किंदा रित्तै फर्किने उहाँले बताउनुभयो । ड्रुकले चार्टर उडान सफल भएपछि भारतको नयाँ दिल्ली सेक्टरलाई समेत जोडेर उडानको तयारी गरिरहेको छ । 

हाल भुटानबाट त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरले सातामा तीन र भुटान एयलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ ।

भुटानसँगको हवाई सम्झौता अनुसार नेपालको विमानस्थलमा भुटानका एयरलाइन्सले फिफ्ट फ्रिडम फ्लाइटको सुविधा पाएका छन् । यस्तो सुविधामा भुटानका एयरलाइन्सले हप्तामा सात वटासम्म उडान गर्न पाउने छन् । ड्रुक एयरले मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान गर्न चासो देखाइरहेको छ । भैरहवामा उडानको तयारी अनुसार ड्रुक एयरका प्रतिनिधिको टोलीले हालै गौतम बुद्व विमानस्थलको सेवा, सुविधालगायतबारे स्थलगत निरीक्षण गरेर फर्किएको छ ।

गत वर्ष पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । 

ताजा समाचार

Related Articles