योजना आयोगको सदस्यमा बस्नेत नियुक्त

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १८ गते ।
बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा कृष्णकुमारी बस्नेतलाई नियुक्त गरेको छ ।
बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका ५ की बस्नेतलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले चेपाङ समुदायको पर्व न्वागी (छोनाम)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्रीपरिषद् बैठकले चेपाङ समुदायको पर्व न्वाँगीका अवसरमा मकवानपुर, चितवन र धादिङ जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यस्तै बैठकले प्रदेश विपत् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सङ्गठन संरचना र दरबन्दी तेरिजसहितको संक्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ ।
साथै बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजना सञ्चालन गर्न श्रोत सुनिश्चितताका लागि नेपाल सरकार, एशियाली विकास बैङ्क र प्रदेश सरकारबिच सम्झौता गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles