पर्यटन व्यवसायी शेर्पा सम्मानित

लोकप्रिय

काठमाडौँ, भदौ १९ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रजापति प्रसाईँ लाईफ टाइम अचिभमेन्ट अवार्ड २०८० बाट पर्वतारोही एवं पर्यटन व्यवसायी आङछिरिङ शेर्पालाई प्रदान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा पिपी प्रसाईँ फाउन्डेसनले मंगलबार आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान समारोहमा राष्ट्रपति पौडेलले पर्वतारोही शेर्पालाई प्रजापति प्रसाईँ लाईफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्नुभयो भने विभिन्न प्रदेशका छ जना उत्कृष्ट शिक्षकलाई प्रजापति प्रसाईँ उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गर्नुभयो ।

यसरी उत्कृष्ट शिक्षक पुरस्कारबाट पुरस्कृत हुनेहरूमा कोशी प्रदेशबाट फिक्कलका सोमप्रसाद गौतम, वाग्मती प्रदेशबाट काठमाडौँकी कमला राई, गण्डकी प्रदेशबाट कास्कीकी टुकादेवी आचार्य रहनुभएको छ ।

यस्तै लुम्बिनी प्रदेशबाट पाल्पाका गोपालप्रसाद बस्याल, कर्णाली प्रदेशबाट डोल्पाका जयबहादुर बस्नेत र सुदूर पश्चिम प्रदेशबाट कैलालीका शिक्षक जितबहादुर चौधरी रहनुभएको छ ।

ती सबै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ नगद रहेको फाउन्डेसनका सचिव दिलभुषण पाठकले जानकारी दिनुभयो ।

सोही समारोहमा राष्ट्रपति पौडेलले पि पी प्रसाईँ फाउन्डेसनले छनौट गरेको मकवानपुरको देवहित आधारभूत विद्यालयलाई एक लाख रुपैयाँ राशिको विद्यालय प्रोत्साहन पुरस्कार २०८० पनि प्रदान गर्नुभयो ।

ताजा समाचार

Related Articles