लेखा समितिमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल

लोकप्रिय

काठमाडौँ, भदौ १९ गते ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको बैठकमा समितिले तत्काल कार्यसम्पादन गर्नुपर्ने विषय र बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका पूर्व सभापति, पूर्व सचिवहरूलाई आमन्त्रण गरी विगतमा भएका कार्यसम्पादनका विषयमा पनि छलफल भएको थियो ।

बैठकमा समिति सदस्यहरुले लेखा समिति मर्यादित र सम्मानित समिति भएपनि समितिले विगतमा चाहेजस्तो काम गर्न नसकेको धारणा राख्नुभएको थियो ।

सदस्यहरुले ९ सय ६० अर्ब रुपैयाँ बेरुजु रहेकोप्रति चिन्ता व्यक्त गर्दै पदीय जिम्मेवारीमा बसेकाहरूको कार्यशैलीका कारण बेरुजु बढेको बताउनुभयो ।

नेपालमा क्रियाशील एनजिओ र आइएनजिओ पारदर्शी  नरहेको भन्दै समितिले त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा समितिका सदस्यहरुले जोड दिनुभयो ।

ताजा समाचार

Related Articles