प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण

लोकप्रिय

काठमाडौँ , भदौ २१ गते

प्रतिनिधि सभाको आजको बैठकमा सांसद्हरुले नेपाली काँग्रेसका सह महामन्त्री महेन्द्र यादव माथि भएको साङ्घातिक आक्रमण निन्दनीय भएको भन्दै यो विषयको गहिरो अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शुरुमा विशेष समय माग गर्दै नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापा ,नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला लगायतले बोलेकै आधारमा कसैमाथि आक्रमण गर्ने कुरा निन्दनीय भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै सांसद्हरुले कान्ति बाल अस्पतालको लापरबाहीका कारण मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं १० की  ५ वर्षीय रेजिशा गोपालीको निधन भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गरी पीडितलाई उचित राहत र क्षतिपूर्तिको माग गर्नुभयो ।

ताजा समाचार

Related Articles