नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण फुटबलमा गोलरहित बराबरी

लोकप्रिय

काठमाडौँ, भदौ २२ गते ।

नेपालले म्यानमारसँग उसैको मैदानमा खेलेको मैत्रीपूर्ण फुटबलमा गोलरहित बराबरी खेलेको छ । खेलको ६३ औं मिनेटमा नेपालले पेनाल्टीमार्फत गोलको अवसर पाएको थियो । तर नेपालका लागि अञ्जन विष्टले पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोके । पहिलो हाफमा पनि नेपालले पाएको गोल गर्ने मौका गुमाएको थियो । म्यानमारले पनि धेरै अवसरहरु खेर फालेको थियो ।

फिफा वरीयतामा आफूभन्दा १५ स्थान माथिको म्यानमारसँग यसभन्दा अघि नेपालले दुई वटा मैत्रीपूर्ण खेल खेलेकोमा दुवैमा हार ब्यहोरेको थियो । अब नेपालले म्यानमारसंगको दोस्रो मैत्रीपूर्ण खेल सोमबार खेल्नेछ । यो खेल पनि म्यानमारकै घरेलु मैदानमा हुनेछ ।

ताजा समाचार

Related Articles