पूर्व प्रहरीसँग भेटघाट तथा अन्तक्रिया

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २५ गते ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाको आयोजनामा पूर्व प्रहरी कर्मचारीहरुसँगको भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको उपस्थितिमा प्रदेश तथा जिल्ला स्तरीय पूर्व प्रहरी कर्मचारी कार्य समितिका पदाधिकारी तथा कर्मचारीहरूसँग सोमबार कार्यालय परिसरमा भेटघाट तथा अन्तक्रिया गरिएको हो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल, बागमती प्रदेश कार्य समितिका अध्यक्ष पूर्व प्रहरी निरीक्षक रितबहादुर खाती क्षेत्री, मकवानपुर जिल्ला कार्य समितिका अध्यक्षलगायत पूर्व प्रहरी कर्मचारी कार्य समितिका पदाधिकारी, अन्य दर्जाका बहाल तथा पूर्व प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश कार्य समितिका पदाधिकारी तथा पूर्व प्रहरी कर्मचारीहरूले राख्नुभएको गुनासो तथा सुझावपछि बागमती प्रदेश प्रहरी प्रमुख राणाले आगामी दिनमा बहालवाला प्रहरी कर्मचारी तथा पूर्व प्रहरी कर्मचारीहरूको निरन्तर समन्वय गर्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles