साहित्य सङ्गमको डिवी अध्यक्षमा बर्तौला

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २४ गते ।
साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा डिवी बर्तौला निर्वाचित हुनुभएको छ ।
सङ्गमको १६औँ अधिवेशनबाट अध्यक्षमा बर्तौला निर्वाचित हुनुभएको हो । बर्तौला ९७ मत सहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धि पुरुषोत्तम आचार्य ८१ प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षमा सानु खनाल १२१ मतसहित निर्वाचित हुँदा एस के निधनले ५६ मत प्राप्त गर्नुभयो ।
सचिवमा मनोज पोखरेल ११० मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धि यश लामाले ६७ मत प्राप्त गर्नुभएको छ ।
कार्यसमिति सदस्यहरुमा कुवेर पराजुली, कृतिका लौडारी, रजनी पौडेल र स्वस्तिका बानियाँ निर्वाचित हुनुभएको छ । दुई वर्षका लागि भएको अधिवेशनबाट यसअघि कोषाध्यक्षमा मेनु तिमिल्सना र सहसचिवमा भवानी तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको थियो ।
कुल मत २४४ रहेकोमा १८२ मत खसेको र तीन मत बदरभएको थियो ।

ताजा समाचार

Related Articles