बागमती प्रदेशमा डेङ्गु सङ्क्रिमत पाँच हजार नाघ्यो

लोकप्रिय

हेटौँडा, भदौ २६ गते ।
बागमती प्रदेशमा डेङ्गु रोगको सङक्रमितको पाँच हजार नाघेको छ । गत २४ घण्टामा १०७ जना डेङ्गु रोगका सङ्क्रमित थपिएसँगै बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको हो ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो यस प्रदेशमा गत जनवरी महिनादेखि सोमबारसम्ममा डेङ्गु रोग सङक्रमितको सङ्ख्या प्रदेशभरमा पाँच हजार ७५ जना पुगेको छ । यस्तै यस प्रदेशमा डेङ्गु रोग सङ्क्रमणबाट हालसम्ममा मृत्यु हुनेको सङ्ख्या छ जना पुगेको छ ।
ललितपुर र धादिङ जिल्लामा दुई–दुई जना तथा मकवानपुर र काभ्रेपलाञ्चोकका एक–एक जनाको डेङ्गु रोग सङ्क्रमणबाट मृत्युभएको जानकारी मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले दिनुभएको छ ।
यसअघि यस प्रदेशमा आइतबार ५५ जना डेङ्गुका नयाँ रोगी भेटिएका थिए । मन्त्रालयका सूचना अधिकारी भुसालका अनुसार प्रदेशका १३ वटै जिल्लामा डेङ्गु रोगको सङक्रमण फैलिएको छ ।
यस प्रदेशमा गत जनवरीयता सोमबारसम्ममा सबैभन्दा बढी धादिङ जिल्लामा डेङ्गुको प्रकोप फैलिएको छ । गत जनवरीदेखि धादिङ जिल्लामा तीन हजार १५१, काठमाडौँमा ४६३, ललितपुरमा २९३, भक्तपुरमा १७०, नुवाकोटमा १०४, रामेछापमा ५०, चितवन २९१, मकवानपुरमा ४२८, काभ्रे ५८, सिन्धुली ३२, रसुवा छ, दोलखा १५ र सिन्धुपाल्चोकमा १४ जनामा डेङ्गु सङ्क्रमण भएको छ । गत जनवरीमा ५७ जनामा डेङ्गु सङ्क्रमण भएकोमा अगस्त महिनामा मात्रा तीन हजार १६७ जनामा प्रदेशभरमा डेङ्गु सङ्क्रमण भएको मन्त्रालयका तथ्याङ्क छ ।

ताजा समाचार

Related Articles