मैले पार्टीको उपाध्यक्ष मात्र होइन, सुख दुःखको साथी गुमाएँ : अध्यक्ष ओली

लोकप्रिय

काठमाडौँ, भदौ २६ गते ।

नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति अध्यक्ष केपी शर्मा ओलीले भावुक हुँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत सुवास नेम्वाङ पार्टीको उपाध्यक्ष मात्रै नरहेको मेरो हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ भनेर लेख्नुभएको छ ।

लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैँ सम्झिरहने उल्लेख गर्दै ओलीले लेख्नु भएकाे छ, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ’ संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङको गए राति निधन भएको थियो ।

ताजा समाचार

Related Articles