नइ प्रकाशनका पाँच कृति लोकार्पण

लोकप्रिय

काठमाडौँ, भदौ २७ गते ।

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित पाँच वटा कृतिको काठमाडौँमा लोकार्पण गर्नुभएको छ ।

इन्दिरा प्रसाईँद्वारा लिखित ‘बघेनी’ नामक प्रयोगवादी कथासङ्ग्रह लगायत सुनिता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बन्जारा रानाभाटको ‘ऋतु’ र रश्मि रिमालबाट रचित ‘पर्दाभित्र’ कवितासङ्ग्रहहरु लोकार्पण भएका कृतिहरू हुन् । वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा समालोचक प्रा.केशव सुवेदीले लोकार्पित कृतिहरूको समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभयो ।

समारोहमा कविताकृतिका नारीस्रष्टाहरुबाट कविता वाचन भएको थियो । वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईँको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईँ तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरू र संस्थाको प्रगतिबारे मन्तव्य प्रकट गर्नुभयो । वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईँबाट फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा।वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको थियो ।

ताजा समाचार

Related Articles