सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नु हाम्रो दायित्व: प्रदेश प्रमुख शर्मा

लोकप्रिय

हेटौँडा, असोज १ गते । 

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हाम्रो सांस्कृतिक पक्षको मौलिक रूपमा संरक्षण गर्नु हाम्रो दायित्व भएको बताउनुभएको छ ।

हरितालिका (तीज) २०८० का सन्दर्भमा आज सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख शर्माले आफ्नै मौलिक विशेषता बोकेको तीजको सन्देश र महत्वलाई जीवन्त राखेर हाम्रो सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नु हाम्रो दायित्व भएको बताउनुभएको हो ।

उहाँले हाम्रा पर्वहरूले बोकेका सुरम्य तथा मोहक मौलिक परम्पराहरू विकृतिको पर्दाले नढाकिउन् भन्ने कुरामा सचेत रहन अत्यन्त जरुरी रहेको शुभकामना सन्देशमा औल्याउँनु भएकाे छ । 

यो पर्व मनाइरहँदा यसले हाम्रो समाजमा विद्यमान सामाजिक तन्तुहरूको संरक्षण, सम्बद्र्घन गर्दै सहिष्णुतायुक्त समाज निर्माणमा पनि योगदान पुर्याउँन आवश्यक रहेको शर्माले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ ।

नेपाली हिन्दु महिलाहरूको महत्त्वपूर्ण पर्व तीजले चेली र माइतीबिचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै प्रमुख शर्माले हिन्दु महिलाहरूले खुसी र उमङ्गका साथ मनाउने तीज पर्वले चेली र माइतीबिच सम्बन्ध प्रगाढ बनाउने उल्लेख गर्नुभएको हो । ‘भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने सांस्कृतिक एवम् धार्मिक महत्वको यस पर्वले चेली र माइतीबिचको सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिन्छ ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘विविध भाषा, धर्म संस्कृति र चाडपर्वले धनी हाम्रो देश नेपालमा तीजलाई हिन्दु महिलाहरूले आफ्नो महत्त्वपूर्ण पर्व मान्दछन् । ’ 

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै शर्माले तीजको सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नुपर्ने बताउनुभयो । 

ताजा समाचार

Related Articles