नारायणगढ–बुटवल सडक कछुवा गतिमा निर्माण हुँदै

लोकप्रिय

नवलपरासी, असोज ३ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्डको निर्माण सुरु भएको पाँच वर्ष बित्न लाग्यो। तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले काम गरिसकेको छैन । यसले गर्दा पश्चिमबाट पूर्वतर्फ आउने र जाने यात्रुले निकै कष्ट बेहोर्नु परेको छ । 

हरेक महिना महिनामा सरकारका विभागीयमन्त्री यो सडकको निरीक्षणमा आएर निर्देशन दिए पनि काम भने कछुवाको गतिमा भइरहेको छ । सडक निर्माण सुरु भएपछि १४ जना भौतिक पूर्वाधार तथा यातायातमन्त्री फेरिए र निरीक्षण गरे, सडकको निर्माणको गतिमा कुुनै फरक आएन । देवचुली नगरपालिकाका पूर्वनगर प्रमुख पूर्णकुमार श्रेष्ठले भन्नुभयो, “यो दुःखको विषय हो ।” 

यो सडकको निर्माण २०७५ साल असार महिनामा ११३ किलोमिटर निर्माण गर्ने गरी तीन वर्षमा सक्ने सम्झौता भएको थियो। चाइना कन्स्ट्रक्सन प्रालिले १६ अर्ब ९९ करोड रुपियाँमा ठेक्का लिएको यो सडक २०७८ साल साउनमा सम्पन्न गर्नुपर्ने थियो । बुुटवल–नारायणगढ सडकखण्डका प्रमुख इन्जिनियर आशिष थापामगरले ४० प्रतिशत मात्र काम भएको आयोजनाको बताउनुभयो । 

आगामी २०८१ असार १० गतेसम्मका लागि पुनः म्याद थपिएको छ। यो अवधिमा पनि काम सकिन्छ भन्ने अवस्था छैन। सबैको सहयोग भयो भने सडक निर्माण पूरा हुन पनि सक्ने नेपाली पक्षका प्रमुुख इन्जिनियर थापामगरको भनाइ छ । 

स्थानीयस्तरमा समय समयमा हुने आन्दोलनदेखि सुरुमा भएको कोभिड र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन पनि नमिलेका कारण सडक निर्माणमा ढिलाइ भएको आयोजनाका इन्जिनियर राकेश झाको भनाइ छ । 

सडक निर्माणका क्रममा ४९ हजार ८३० रुख कटान गर्नुपर्ने देखिएको उक्त प्रतिवेदनमा २९ हजार रुख मात्र कटान हुनुपर्ने भनिएको थियो। बिजुली खानेपानीको समस्या भएका कारण पनि सडक निर्माणमा ढिलाइ भएको इन्जिनियर झाको भनाइ छ । 

एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुन लागेको यो आयोजना तीन वर्षमा सम्पन्न हुनुपर्ने हो। अहिलेसम्म नारायणगढ–दाउन्ने खण्डमा आठ किलोमिटर डबल लेनको कालोपत्रे सम्पन्न भएको छ । २१५ वटा क्रस डेनेज (साना कल्भर्ट) मध्ये १३६ वटा सम्पन्न भएको र बाँकी पनि सम्पन्न हुुने चरणमा छन् । २२ वटा साना पुुलमध्ये २० वटा सम्पन्न भएको र बाँकी दुई वटा पनि एक महिनाभित्र सकिने आयोजनाको भनाइ छ । ठुला पुल १२ वटामध्ये सबैको जग र पिल्लरको काम सकिएको र त्यसमा फिट गर्ने गडरहरूको निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाका नेपाली पक्षका प्रमुख इन्जिनियर आशिष थापामगरले रुख कटानको काम सकिएको छ भने बिजुलीको पोल हटाउने चुनौती बाँकी नै छ। खानेपानीको समस्या पनि हटिसकेको र पाइप सार्ने काम पनि लगभग पूरा भएको बताउनुभयो । 

इन्जिनियर आशिष थापामगरले यो आयोजनामा रकमको कुनै अभाव नरहेको बताउनुभयो। 

ताजा समाचार

Related Articles