क्यान्सर अस्पतालका जनरल बेड निःशुल्क

लोकप्रिय

नेपालगञ्ज, असोज ५ गते ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आजदेखि सम्पूर्ण जनरल बेडहरू निःशुल्क गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार अस्पतालमा भर्ना भएका अति विपन्न बिरामीहरूलाई निःशुल्क खानाको पनि व्यवस्था गरिएको छ ।

मुठ्ठी दानबाट सुरु भएको सुशील कोइराला क्यान्सर अस्पतालमा हरेक बर्ष बिरामीको चाप बढ्दै गए पनि अस्पतालमा दरबन्दीका डाक्टर र कर्मचारी नहुनु मुख्य समस्या रहेको छ ।

ताजा समाचार

Related Articles