सरकार र आन्दोलनरत शिक्षक महासङ्घबिच सहमति

लोकप्रिय

काठमाडौँ, असोज ५ गते ।

प्रतिनिधि सभामा पेश भएको विद्यालय शिक्षा विधेयक परिमार्जन गर्ने सम्बन्धमा सरकार र आन्दोलनरत शिक्षक महासङ्घबिच सहमति भएको छ ।

गृह मन्त्रालयमा आज बसेको सरकार र शिक्षक प्रतिनिधिहरू बीचको बैठकले शिक्षकहरूका मागहरू सम्बोधन हुने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

मन्त्री शर्माले संसदीय प्रक्रियाबाट नै शिक्षकहरूका माग सम्बोधन गर्न सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको र शिक्षकहरूले आन्दोलन फिर्ता लिने सहमति भएको बताउनुभयो ।

सरकारी पक्षसँगको छलफलका क्रममा शिक्षक महासङ्घले उठाएका सबै बुँदाहरूमा एक–एक गरी छलफल भएको र आन्दोलनमा संलग्न सबै संघ–सङ्गठनका प्रतिनिधि बैठकमा सहभागी भएको हुनाले सहमति कार्यान्वयन गर्न सरकार पक्ष इमान्दार भए आफूहरूको आन्दोलन रोकिने वार्ता टोलीका सदस्य एवं संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होम थापाले बताउनुभयो ।

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून मन्त्री धनराज गुरुङ, सञ्चारमन्त्री रेखा शर्मा तथा शिक्षा मन्त्री अशोक राईका साथै शिक्षकहरूका तर्फबाट सबै शिक्षक सङ्गठनका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता थियो ।

ताजा समाचार

Related Articles