वीरगञ्ज भन्सारद्वारा ३३ अर्ब राजस्व असुल

लोकप्रिय

वीरगञ्ज , असोज ७ गते ।

वीरगंज भन्सार आईसिपी र सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८०/८१ को २ महिनामा ३३ अर्ब २३ करोड २७ लाख ३१ हजार राजस्व असुली गरेका छन् ।

देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आईसिपी वीरगंजले चालु आर्थिक बर्ष २०८०/०८१ को २ महिनामा २४ अर्ब ५८ करोड ६ लाख ७२ हजार रुपैयाँ राजस्व असुली गरेको छ । 

अर्थ मन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई साउन र भदौ महिनामा ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व उठाउने लक्ष्य तोकेको भए पनि माल सामानको आयात निरन्तर रुपमा ओरालो लागेसँगै चालु आर्थिक वर्षको पहिलो र दोस्रो महिनामा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसिपी भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आईसिपी वीरगंजले तोकिएको लक्ष्य भन्दा झण्डै ३० प्रतिशत कम राजस्व असुली गरेको छ । 

अर्थ मन्त्रालयले तोको लक्ष्य भन्दा २ महिना मा १० अर्ब ४२ करोड ३७ लाख ७० हजार कम राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।  

यसैगरी वीरगंज भन्सार कार्यालयले भन्सार राजस्व तर्फ ९ अर्ब ३५ करोड ६६ लाख ३८ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि कर तर्फ १० अर्ब ४० करोड ५५ लाख २९ हजार राजस्व असुली भएको छ । 

त्यसैगरी अन्त शुल्क तर्फ १ अर्ब ९ करोड २५ लाख ४४ हजार असुली गरेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताउनुभयो । त्यसैगरी बीरगंज भन्सार कार्यालयले पूर्वाधार कर तर्फ १ अर्ब ७६ करोड ६७ लाख ८२ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्क तर्फ २२ करोड ३८ लाख १० हजार असुली गरेको छ । 

यसैगरी वीरगंज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुर तर्फ ४८ करोड २८ लाख २५ हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा ३८ करोड ५४ लाख ३ हजार राजस्व असुल गरेको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यता वीरगंजको अर्को भन्सार नाका सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको २ महिनामा साउन र भदौ महिनामा ८ अर्ब ६५ करोड २० लाख ५९ हजार रुपैयाँ राजश्व असुली गरेको छ । सिर्सिया भन्सार कार्यालयले साउन र भदौ महिनामा ९ अर्ब ६१ करोड ९१ लाख ५३ हजार राजस्व असुली गरेको छ ।  

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले चालु आर्थिक वर्षमा समग्रमै आयातमा सुधार भएपछि त्यसको सकारात्मक प्रभाव राजश्व असुलीमा पनि देखिएको बताउनुभयो ।

ताजा समाचार

Related Articles