समितिको सभापति चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक

लोकप्रिय

धनगढी, असोज ७ गते । सुदूरपश्चिम प्रदेश सभाको विषयगत समितिको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । 

प्रदेश सभाका चार वटा विषयगत समितिको सभापति चयनका लागि प्रदेश सभा सचिवालयले आज निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेश सभाका सचिव देवबहादुर बोगटीका अनुसार निर्वाचन कार्यतालिका अन्तर्गत यही असोज ११  गते बिहान ११ बजे देखि निर्वाचन पक्रिया शुरु हुने छ । त्यस दिन मतदाता नामावली प्रकाशन, सभापतिको उम्मेदवारी दर्ता लगायतका सम्पूर्ण काम पुरा हुने छ । यस्तै असोज १२ गते बिहान ११ बजेदेखि गते सभापति चयनका लागि मतदान शुरु हुने कार्यातालिका रहेको छ । 

सुदूरपश्चिम प्रदेश सभामा अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति र विधायन तथा प्रदेश मामिला समिति रहेका छन् । सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य रहेका छन् । जसमा नेपाली काँग्रेस १८, नेकपा एमाले १० (उपसभामुख सहित), नेकपा माओवादी केन्द्र ११ (सभामुख सहित), नागरिक उन्मुक्ति पार्टी ७, नेकपा एकीकृत समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य रहेका छ । यहाँ काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको सत्ता गठबन्धन रहेको छ।

ताजा समाचार

Related Articles