दलहरूबिचको एकताबाटै मुलुकले निकास पाउने

लोकप्रिय

विराटनगर, असोज ८ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय कार्यभारलाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ ।

विराटनगरमा आज राजनीति दल, उद्योगी, व्यवसाय तथापि नागरिक समाजसँगको छलफल कार्यक्रममा उहाँले सुशासन, भ्रष्टाचारको अन्त्य ,संविधानको कार्यान्वयन र राजनीतिक स्थायित्व कायम गर्न सरकार अघि बढिरहेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले देशको एकता, राष्ट्रिय अखण्डता र सार्वभौमसतालाई कुनै पनि अवस्थामा असर पर्न नदिने बताउनुभयो । उहाँले कोशी प्रदेशमा देखिएको समस्या समाधान गर्न सबै दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएकाले दलहरूबिचको आन्तरिक एकताबाटै मुलुकले निकास पाउने बताउनुभयो ।

ताजा समाचार

Related Articles