आर्थिक समृद्धिका लागि पर्यटन पूर्वाधार विकास आवश्यक

लोकप्रिय

काठमाडौँ, असोज १० गते ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा पर्यटन विकासको सम्भावना राम्रो रहेकाले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

विश्व पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, साथसाथै फाउन्डेसन लगायत विभिन्न संघसंस्थाको आयोजनामा आज ललितपुरमा आयोजित राष्ट्रिय पर्यटन कार्यशाला गोष्ठीमा पर्यटन मन्त्री किरातीले नेपालको भौगोलिक विकटता र फरक–फरक हावापानी तथा मौसम रहने विशेष क्षेत्रहरूका कारण नेपाल विश्वकै पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेको बताउनुभयो ।

मन्त्री किरातीले पर्यटन प्रवर्द्धनका लागि नेपालको पर्यटकीय क्षेत्रहरूको अन्तर्राष्ट्रिय स्तरमा जानकारी प्रदान गर्दै पर्यटन सम्वद्ध संस्थाहरू आकर्षक प्याकेजहरूका साथ लाग्नुपर्ने र त्यसका लागि सरकारबाट आवश्यक सहयोग हुने पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटनको दिगो विकासका लागि जलवायु परिवर्तन र यसका असरबारे स्थानीय नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत रेग्मीले कोभिडपछि बिस्तारै चलायमान बन्दै गइरहेको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन पर्यटन बोड लागिरहेको र यसमा निजी तथा सरकारी सबै क्षेत्रको सहयोग आवश्यक पर्ने पनि बताउनुभयो ।

ताजा समाचार

Related Articles