अपि हिमाल वेस क्याम्प भ्रमण सप्ताह 

लोकप्रिय

बैतडी, असोज ११ गते । 

विश्व पर्यटन दिवस तथा भ्रमण बर्ष २०८०को अवसरमा दार्चुला जिल्लास्थित अपि हिमालको वेश क्याम्प भ्रमण वेश क्याम्पमा ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

यस बर्ष पर्यटन दिवस अपि हिमालको वेश क्याम्पमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, पर्यटन व्यवसायी, राजनीतिक दल, अधिकारकर्मी, कलाकार, पत्रकारहरूको सहभागितामा मनाइएको छ । 

अपि हिमाल गाउँपालिकाले आयोजना गरेको दोस्रो भ्रमण सप्ताहमा एक साताको भ्रमण तय गरि अपिहिमाल पुगेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले दार्चुलाको हिमाली क्षेत्रमा पालिने भेडा,च्याङ्ग्रा तथा त्यहाँको जडीबुटीहरूको व्यापार प्रवर्धनमा टेवा पुर्‍याउने आधारका कार्यक्रम तय गर्ने बताउनुभयो । 

उहाँले हिमाली क्षेत्रका बासिन्दाहरूको समस्या प्रति सरकार जानकार रहेको बताउँदै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

जिल्लाको महाकाली नगरपालिकाका मेयर नरसिंह चैंसीर र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले छिमेकी गाउँपालिकामा रहेको अपि हिमालको पर्यटन प्रवर्धनमा आफूहरूको साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पर्वतारोहण संघका पूर्व सचिव दिवस पोख्रेलले अपिहिमाल आरोहणको अनुमतिका लागि संघ सकारात्मक रहेको भन्दै उचित संरचना निर्माणका लागि सम्बन्धित निकायहरूमा पहल गर्ने बताउनुभयो । 

अपि हिमालको विकास तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि तिनै तहको सरकार, दातृ निकायहरू, पर्यटन व्यवसायी सबैको साथ आवश्यक भएको बताउनुभयो । पर्यटन व्यवसायी मायाँ प्रकाश भट्टले अपिहिमाल सुदूरपश्चिमको पर्यटकीय गन्तव्य बनाउन सकिने भएकाले त्यसमा आफूहरूको भूमिका रहने बतउनुभयो । बैतडीका पत्रकार एवं सामुदायिक रेडियो प्रसारक संघका प्रदेश सचिव अमर राज भट्टराईले सञ्चारमाध्यमहरू मार्फत अपि हिमालको प्रचार प्रसारका लागि भूमिका निर्वाह गर्ने बताउनुभयो । 

ताजा समाचार

Related Articles