खेलाडीको दुर्घटना बिमा

लोकप्रिय

हेटौँडा, असोज ११ गते ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिले विभिन्न विधामा जिल्लाका १० जना खेलाडीको दुर्घटना बिमा गरेको छ ।
खेलकुद विकास समिति अन्तर्गतका १० जना खेलाडीको प्रति व्यक्ति पाँच लाख रुपियाँ बराबरको सामुहिक बिमा गरिएको हो । समिति अध्यक्ष भेष खड्गीले एक वर्षका लागि बिहीबारबाट लागू हुने गरी खेलाडीको सामुहिक बिमा गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी मङ्सिरसम्ममा गर्नुपर्ने निर्णय भएको छ ।
यस्तै खेलकुद विकास समितिमा आयोजित कार्यक्रममा काजकिस्तानमा हुने एसियन जुनियर तथा युथ बक्सिङ प्रतियोगिताका लागि ५० केजी तौल समुहमा छनोट हुनुभएकी हेटौँडा उपमहानगरपालिका १४ की रोशनी घलानलाई नगद आठ हजार रुपियाँसहित सम्मान गरिएको थियो ।
यसैबीच भुटानको थिम्पुमा भएको साफ युथ–१६ फुटबल प्रतियोगितामा सहभागी मकवानपुरका गोलरक्षक विशेष बानियाँलाई सम्मान गरिएको छ । हेटौँडा–७ स्थित नागस्वति भेट्रान्स क्लबले बिहीबार सम्मान गरेको हो । बानियाँ न्यूरोड टिमको क्लब एकेडेमीबाट छनोट भई राष्ट्रिय टिम युथ १६ मा पर्नुभएको थियो ।

ताजा समाचार

Related Articles