बजारमा आउन थाल्यो मुस्ताङको स्याउ

लोकप्रिय

म्याग्दी, असोज १२ गते ।

 ‘क्या राम्रो स्याउ बारी मार्फा गाउँमा’ भन्ने गीत हामीले धेरै पहिलादेखि सुन्दै आएका छौँ । त्यही गीतका शब्दमा भनिए जस्तै ‘हेर्दा राम्रो मार्फा गाउँ, खाँदा मिठो मार्फा स्याउ’ अहिले बजारमा आएको छ । 

स्याउको बजारमा माग पनि निकै हुने र त्यही माग अनुसारकै स्याउ बजारमा पनि पाउँदा उपभोक्ता पनि मक्ख छन् । भदौ मसान्तसम्म टिप्नै नपाइने गरी प्रतिबन्ध नै लगाइएको स्याउमा गुलियोपन भरिँदै गएपछि बजारमा पुग्न थालेका छन् । 

मुस्ताङको विभिन्न क्षेत्रमा उत्पादन भएका स्याउ अहिले नेपाली बजारमा आउन थालेको छ । रिफ्याक्ट्रोमिटरबाट स्याउको गुणस्तर मापन गर्दा न्यूनतम मापदण्ड १२ प्रतिशतभन्दा बढी गुलियोपना देखिएपछि असोज १ बाट बजार पठाउन थालिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयको भनाइ छ । 

बजारमा माग भयो भन्दैमा चाँडै टिपेर बजार पठाउँदा स्याउको गुणस्तरमा प्रश्न उठ्न थालेपछि मुस्ताङको स्याउ भदौसम्म टिप्न प्रतिबन्ध नै लगाइएको थियो । स्याउमा वास्तविक स्वाद आउने समय कात्तिकबाट मात्रै हो । सामान्यतः असोज १५ पछि टिपेका स्याउमा गुलियो स्वाद आउन थाल्छ । गाला, किङरोट जातका स्याउ छिटो पाक्ने उच्च घनत्वमा आधारित (हाइडेन्सिटी रहेको हाइब्रिड) स्याउ भने भदौ अन्तिम साताबाटै बजारमा पठाइएको भए पनि अन्य स्याउ भने असोज १ गतेपछि मात्रै बजार पठाउन थालिएको हो ।

मुस्ताङमा अहिले फुजी, जोनाप्रिन्स, गोल्डेन डेलिसियस जातका हाइडेन्सिटी तथा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड र फुजी जातका स्याउ नेपाली बजारमा पुगिरहेका छन् । 

ताजा समाचार

Related Articles