देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्न आवश्यक

लोकप्रिय

नेपालगञ्ज, असोज १३ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा भ्रष्टाचारको गन्ध आउने बित्तिकै संलग्नलाई तत्काल कारबाही गरिने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालगञ्जमा गरेको उपमहानगरपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले अपारदर्शी चन्दा र अनुचित सम्झौताको विषय पनि पुष्टि हुने बित्तिकै पार्टीले कसैलाई नछाड्ने बताउनुभयो । उहाँले निराधार आरोप लगाएर बदनाम गर्ने अधिकार र छुट कसैलाई नभएको भन्दै पार्टी सत्यको पक्षमा उभिने बताउनुभयो ।

सभापति लामिछानेले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले जनताबाट शक्ति लिएर जनताको कल्याणकै लागि उक्त शक्ति लगाउनुपर्नेमा जोड दिनुभयो ।

ताजा समाचार

Related Articles