नवउद्यमशाला बुटक्याम्प सुरु

लोकप्रिय

हेटौँडा, असोज १४ गते ।

हेटौँडा, असोज १४ गते । उद्योग सङ्घ मकवानपुरको आयोजनामा हेटौँडामा एम स्टार्ट अप विजनेश इन्कुवेशन सेन्टर तथा पाँच दिने नवउद्यमशाला बुटक्याम्प सुरु भएको छ ।
बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले आइतबार हेटौँडा औद्योगिक क्षेत्रस्थित उद्योग सङ्घ परिसरमा बागमती प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौँडाको सहयोगमा सञ्चालित एम स्टार्ट अप विजनेस इन्क्युवेशन सेन्टर तथा पाँच दिने नवउद्यमशाला बुटक्याम्पको शुभारम्भ गर्दै आर्थिक समृद्धिका लागि आर्थिक गतिविधि आवश्यक भएको बताउनुभयो ।
उहाँले लगानीको वातावरण निर्माण गर्ने चुनौती रहेको भन्दै उद्योग स्थापनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले नागरिकलाई उत्पादनसँग जोड्नु आवश्यक भएको बताउँदै नवउद्यमशीलताको क्षेत्रमा पालिकाले सहयोग गर्ने बताउनुभयो ।
उद्योग सङ्घ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले युवा उद्यमीहरूलाई स्टार्ट–अपका रूपमा आफ्ना व्यवसायिक विचारहरू परीक्षण गर्ने अवसर प्रदान गर्न यो एम स्टार्ट अप विजनेस इन्क्युवेशन सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो ।
एम स्टार्ट अप विजनेस इन्क्युवेशन सेन्टर तथा पाँच दिने नवउद्यमशाला बुटक्याम्प संयोजक एवं उद्योग सङ्घका निवर्तमान अध्यक्ष लेखराज पोखरेलले यस एआईएम स्टार्ट–अपले जिल्लामा शैक्षिक, सरकारी र निजी क्षेत्रहरूबिच आर्थिक चक्र निर्माण गरी दिगो रुपमा स्टार्टअप र नवप्रवर्तन कार्यक्रम लागू गर्न उपयुक्त संस्थागत संरचना स्थापना गरेर उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles