नाइट क्लबमा आगो लाग्दा सात जनाको मृत्यु

लोकप्रिय

म्याड्रिड, असोज १४ गते । 

स्पेनको एउटा नाइट क्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

दक्षिणपूर्वी सहर मर्सियाको क्लबमा भएको आगलागीमा ज्यान गुमाएका चार जनाको शव फेला परेको उद्धारमा संलग्न आपत्कालीन सेवाका एक जना उद्धारकर्ताले एएफपीलाई बताए । वारुणयन्त्रका कर्मचारी तथा स्थानीय सङ्घसंस्था आगो निभाउन, खोज तथा उद्धारमा अहिले पनि सक्रिय छन् ।

आपत्कालीन सेवाका कर्मचारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका  तस्बिरहरूमा पानीको फोहोराबाट आगो निभाइएको, क्लबबाट धुवाँको मुस्लो निस्किएको देखिन्छ । रासस/एएफपी

ताजा समाचार

Related Articles