बागमती प्रदेशमा डेङ्गु सङ्क्रिमत सात हजार नाघ्यो

लोकप्रिय

हेटौँडा, असोज १६ गते ।

बागमती प्रदेशमा डेङ्गु रोग सङक्रमितको सात हजार नाघेको छ ।
गत २४ घण्टामा ३० जना डेङ्गु रोगका सङ्क्रमित थपिएका छन् । सोमबार प्रदेशभरमा १७७ जना डेङ्गु रोगका नयाँ सङ्क्रमित थपिएका थिए ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो यस प्रदेशमा गत जनवरी महिनादेखि मङ्गबारसम्ममा डेङ्गु रोग सङक्रमितको सङ्ख्या प्रदेशभरमा सात हजार ४२ जना पुगेको छ । यस्तै यस प्रदेशमा डेङ्गु रोग सङ्क्रमणबाट हालसम्ममा छ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले ललितपुर र धादिङ जिल्लामा दुई–दुई जना तथा मकवानपुर र काभ्रेपलाञ्चोकका एक–एक जनाको डेङ्गु रोग सङ्क्रमणबाट मृत्युभएको जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार प्रदेशका १३ वटै जिल्लामा डेङ्गु रोगको सङक्रमण फैलिएको छ ।
यस प्रदेशमा गत जनवरीयता मङ्गलबारसम्ममा सबैभन्दा बढी धादिङ जिल्लामा डेङ्गु रोगको सङ्क्रमण भएको छ । गत जनवरीदेखि धादिङ जिल्लामा तीन हजार ५०१, काठमाडौँमा एक हजार २८९, ललितपुरमा ५७३, भक्तपुरमा २८२, नुवाकोटमा १०४, रामेछापमा ५०, चितवन ५२८, मकवानपुरमा ५७३, काभ्रे ५८, सिन्धुली ३४, रसुवा छ, दोलखा १८ र सिन्धुपाल्चोकमा २६ जनामा डेङ्गु सङ्क्रमण भएको छ । गत जनवरीमा ५७ जनामा डेङ्गु सङ्क्रमण भएकोमा अगस्त महिनामा तीन हजार १६७ जना र सेप्टेम्बर महिनामा थप दुई हजार ४६३ जनामा प्रदेशभरमा डेङ्गु सङ्क्रमण भएको मन्त्रालयका तथ्याङ्क छ ।

ताजा समाचार

Related Articles