सपिङ मलमा गोली चल्दा तीन जनाको मृत्यु

लोकप्रिय

थाइल्याण्ड, असोज १६ गते ।

थाइल्याण्डको राजधानी वैंककस्थित एउटा सपिङ मलमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ । एक जना १४ बर्षीय युवकले चलाएको गोलीबाट अरु ४ जना सख्त घाइते भएका छन् ।

थाइल्याण्डको सियाम पारागन सपिङ केन्द्रमा चलेको गोलीबाट एक जना विदेशी पनि घाइते भएका छन । गोली चल्दा अरु थुप्रै मानिसहरु घाइते भएका प्रत्यक्षदर्शीहरुलाई उद्दत गर्दै बिवीसीले जनाएको छ ।

यसैगरी, गोली चलेको आवाज लगातार आएपछि सपिङ सेन्टरमा भागदौड मच्चिएको थियो । बैंकक प्रहरीका अनुसार गोली चलाउने युवा पक्राउ परिसकेका छन । स्थिति सामान्य भएपछि घटनाबारे विस्तृतमा जानकारी गराउने प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles