एसिसी यू–१९ प्रिमियर कप खेल्न टोली घोषणा

लोकप्रिय

काठमाडौँ, असोज १७ गते ।

 युवा ब्याटर देव खनालको कप्तानीमा नेपालले एसिसी यू–१९ प्रिमियर कप खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । प्रतियोगिता अक्टोबर १२ देखी २४ सम्म मलेसियामा हुनेछ ।

१६ एसोसिएट टोली सहभागी प्रतियोगितामा शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा हुने यू १९ एसिया कप खेल्न पाउनेछ । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो ।

नेपालले गत फागुनमा आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट उपाधि जित्दा १४ सदस्यीय टोलीलाई निरन्तरता दिएको छ । उक्त टोलीबाट कुनैपनि खेलाडी परिवर्तन गरेको छैन ।

समूह ए मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान छन् । समूह बी मा युएई, ओमान, कतार र चीन छन् । समूह सी मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्यस छन् । समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् । 

ताजा समाचार

Related Articles