अख्तियारद्वारा २८ जनाको मुद्दा सर्वोच्चमा पुनरावेदन

लोकप्रिय

काठमाडौँ, असोज १८ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला चित्त नबुझेका चार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी गरेको आरोपमा सञ्जय कुमार ठाकुरसमेत २८ जनाको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ ।

जसमा पुष्पा श्रेष्ठसमेत १४ जनाको हकमा दुई करोड १६ लाख ७३ हजार ५० रुपियाँ, ९ जनाको हकमा दुई करोड ३० लाख ७२ हजार ५०० र पाँच जनाको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी रहेको छ । 

घुस लिएको आरोपमा भोगेन्द्र प्रसाद साहविरुद्ध ६ लाख ९९ हजार रुपियाँ बिगोमध्ये बरामद एक लाख २९ हजार १०५ रुपियाँ र जफत हुन बाँकी पाँच लाख ६९ हजार ८९५ रुपियाँको मुद्दा सर्वोच्चमा पुनरावेदन भएको छ । 

यसैगरी, सरकारी रकम हिनामिना गरेको आरोपमा धर्मराज अधिकारीसहित आठजनाको मुद्दामा अधिकारीको हकमा ४६ लाख १५ हजार २०१ रुपियाँ बिगो रकमसहितको मुद्दा पुनरावेदन भएको आयोगले जनाएको छ । 

सरकारी रकम हिनामिना गरेको आरोपमा नै बाबुराम पाण्डे, प्रविन बस्ती, हसिमान गुरुङ, अनिता गुरुङ, राम नारायण चौधरीसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन भएको छ ।

जसमा पाण्डे, बस्ती र चौधरीलाई दश लाख ६३ हजार ५७ रुपियाँ जनही बिगो कायमसहित सजायको मागदाबी गरिएको छ ।

ताजा समाचार

Related Articles