७० लाखको लागतमा वडा कार्यालय भवन निर्माण

लोकप्रिय

हेटौँडा, असोज १८ गते ।
भाडाको घरबाट सेवा प्रदान गर्दै आएको हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को कार्यालयले अब आफ्नै भवनबाट नागरिकलाई सेवा प्रदान गर्नेभएको छ ।
हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले बिहीबार नवनिर्मित भवनको उद्घाटन गरेसँग नयाँ भवनबाट सेवा सुरु गरिएको हो ।
उहाँले भवन निर्माण कार्यक्रममा नयाँ भवन निर्माणले कर्मचारीलाई सहजता हुने भन्दै नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उहाँले भाडामा रहेका वडा कार्यालयहरुको भवन निर्माण गर्न बजेट विनियोजन भएको बताउँदै नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न उपमहानगर प्रतिबद्ध रहेको बताउनुभयो ।
पदमपोखरी खानेपानी तथा सरसफाई उपभोतmा समितिले प्रदान गरेको दुई कठ्ठा जग्गामा उपमहानगरपालिकाको ७० लाख रुपियाँको लागतमा भवन निर्माण गरिएको हो ।
१२ नम्बर वडाका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. १२ का वडा सदस्य रुक्मिनी गोङ्वा, उपमहानगरपालिकाका सहरी तथा पुर्वाधार महाशाखाका प्रमुख सत्यनारायण शाह, सुनौलो टोल विकास संस्थाका अध्यक्ष महानन्द सापकोटालगायतले बोल्नुभएको थियो ।
तस्विरः हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को कार्यालयको बिहीबार उद्घाटन गर्दै उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा ।

ताजा समाचार

Related Articles