होटलबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु

लोकप्रिय

लेखनाथ, असोज १९ गते । 

पोखराको लेकसाइडमा रहेको एक होटलको तेस्रो तलाबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु भएको छ । बिहीबार राति पौने १ बजेतिर तेस्रो तलाबाट हाम फाल्दा ४१ वर्षीय सन ग्याङ्गको गम्भीर घाइते बन्नुभएको थियो ।

लगत्तै उहाँलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकका अनुसार उपचारका क्रममा उहाँको शुक्रबार निधन भएको हो । घटनाबारे अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।

हाम फाल्नेबित्तिकै उद्धार गरी सनलाई उपचारका लागि नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि पोखरा स्वास्थ्य प्रतिष्ठान लगिएको थियो । 

सनको मृत्युबारे परिवारलाई जानकारी गराइसकेको कास्की प्रहरीले जनाएको छ । सनको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । सन अरु तीन चिनियाँ पर्यटकसहित दुई हप्तादेखि लेकसाइडको एक होटलमा बस्दै आउनुभएको थियो । 

ताजा समाचार

Related Articles