गठबन्धन बाध्यताः बस्नेत

लोकप्रिय

हेटौँडा, असोज २० गते ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीले गठबन्धन गर्नु बाध्यतात्मक अवस्थाको उपजभएको बताउनुभएको छ ।
कांग्रेस मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको पार्टीका अगुवा कार्यकर्ताहरुको भेलामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहनुभएका बस्नेतले स्वास्थ्य क्षेत्रमा रहेका विधमान समस्या समाधान गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले आफू पनि गठबन्धनको पक्षमा नरहेको भन्दै निर्वाचनमा गरिएको गठबन्धनबाट राम्रो र नराम्रो दुवै भएको बताउनुभयो ।
गठबन्धन गरेका सबै स्थानमा गठबन्धनअनुसार कार्यान्वयन भयो र पवित्र भयो भन्ने अवस्था पनि छैन, हामीले गठबन्धन नगर्दा नेकपा एमाले र नेकपा एकीकृत माओवादीसँग गठबन्धन गर्ने अवस्था थियो उहाँले भन्नुभयो, त्यसैलै गठबन्धन गर्नु बाध्यता हो ।
कार्यक्रम कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको थियो ।

ताजा समाचार

Related Articles