महिला भलिबलमा नेपालको सान्त्वना जित

लोकप्रिय

हाङझाउ, असोज २० गते । 

१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपालले अन्तिम खेलमा सान्त्वना जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले मङ्गोलियालाई ३–२ को सेटमा हरायो ।

नेपालले मङ्गोलियामाथि १७–२५, २५–१८, २५–२१, १८–२५, १५–१२ को जित निकालेको थियो । नेपालले यसअघि लगातार चार हार खेपेको थियो ।

यसअघिनै समूहचरणबाट बाहिरिएको नेपालले वरीयताका लागि प्रतिस्पर्धा गरेको हो । अन्तिम जितसँगै नेपाल ११औँ स्थानमा रह्यो । 

एसियाड महिला भलिबलमा १३ टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपालको महिला भलिबल टोलीले पहिलो पटक एसियाड खेलेको हो । 

ताजा समाचार

Related Articles