पोखरामा प्याराग्लाइडिङ गर्ने अन्तिम तयारी

लोकप्रिय

पोखरा, असोज २४ गते । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै पहिलाको प्याराग्लाइडिङ गर्ने स्थान तोरीपानीबाट हाल स्थान्तरण भएको उक्त स्थानमा पुनः सञ्चालन गर्ने अन्तिम तयारी गरिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को २० ओैँ साधारणसभा तथा सम्मान कार्यक्रम बोल्दै नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षा  प्रमुख राजु श्रेष्ठ उक्त आशय व्यक्त गर्नु भएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै हवाई सुरक्षाको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले पहिला देखि उडान हुँदै आएको स्थान सराङकोटको तोरी पानी हवाई सुरक्षाले स्थान्तरण गरेको थियो । व्यवसायी र नाको विशेष पहलमा हाल पोखरा २३ को मान्द्रेढुंगाबाट प्याराग्लाइडिङको उडान हुँदै आए पनि उक्त स्थानबाट प्याराग्लाइडिङ हुँदा कमको सङ्ख्यामा पर्यटकले  प्याराग्लाइडिङ गर्ने भएकोले पुनः पहिलाकै स्थान पोखरा १८ सराङकोटको तोरीपानी बाहकोटबाट उडान हुने तयारी भएको हो ।

प्याराग्लाइडिङ गर्दा सुरक्षालाई पहिलो प्राथमिकता दिनु पर्ने नियम भित्र बसेर समस्या समाधानको लागि सहकार्य गर्ने प्रमुख श्रेष्ठले बताउनु भयो । पोखरा गुगलमा खोजी गर्दा पहिला ताल र हिमाल देखिने उल्लेख गर्दै उहाँले हाल प्याराग्लाइडिङ देखिने बताउनु भयो । २० वर्षको प्रयासमा आज पोखरामा प्याराग्लाइडिङ व्यवसाय सफल भएको उहाँले बताउनु भयो ।

नाका अध्यक्ष सुनिल भट्टराईले उच्च प्राविधिको प्रयोग गरि हवाई सुरक्षाको प्रत्याभूति गराउने विश्वास व्यक्त गर्नु भयो । विश्व विज्ञबाट परिक्षण गरि विधि प्रविधि अपनाउँदै मान्द्रेढुंगाबाट उडान सुरु भएको बताउनु भयो । तोरीपानीबाट प्याराग्लाइडिङ गर्ने अनुमति प्राप्त भए पहिलाकै लयमा फर्किने उहाँले बताउनु भयो । सोलो पाइलट हाल अनुमति नदिएकोले गर्दा राजश्व गुमाएको, विदेशीसँग अनुभव साटासाट गर्न अवसरबाट वञ्चित हुने अध्यक्ष भट्टराईले बताउनु भयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले प्याराग्लाइडिङ विस्थापित हुने शङ्का रहे पनि केही स्थानान्तरणले गर्दा प्याराग्लाइडिङ खेल गतिविधिमा समस्या भएको दाबी गर्नु भयो ।

नेपाल पर्यटन बोर्ड प्रादेशिक कार्यालयका वरिष्ठ अधिकृत कुन्दन मिश्रले प्याराग्लाइडिङ गतिविधि र पूर्वाधार मर्मत संहारमा ३० लाख बजेट विनियोजन गरिएको बताउनु भयो ।

निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले पोखरा विश्वको पाँचौँ उत्कृष्ट प्याराग्लाइडिङ भएको अवस्थामा पनि हाल समस्यामा रहेको बताउनु भयो । मान्द्रेढुंगाबाट हाल प्याराग्लाइडिङ गर्दा असहज भएको उहाँले गुनासो गर्नु भयो । क्यानले सास्ती दिएको उहाँको भनाई थियो ।   

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष बिमला भण्डारीले साहसिक खेल गतिविधि सञ्चालनमा सुरक्षालाई प्राथमिकता दिन अनुरोध गर्नु भयो ।

पोखरा ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले प्याराग्लाइडिङ उडान गर्दा हाल १२ हजार रूपैया लिनुले यसको क्रेज घट्दो रूपमा रहेको बताउनु भयो । सोलो सहित तोरीपानी र सराङबोटबाट समेत उडान गर्ने वातावरण मिलाउन उहाँले आग्रह गर्नु भयो ।        

नाका महासचिव खेमराज आचार्यले हाल ६२ वटा प्याराग्लाइडिङ कम्पनी रहेको उल्लेख गर्दै १० जना महिला सहित ३ सय ९९ जना प्याराग्लाइडिङ पाइलटहरू रहेको बताउनु भयो । पहिला दैनिक जसो   ४/५ सय हाल  प्याराग्लाइडिङ गर्ने गरे पनि हाल १ सय जनाले मात्र  प्याराग्लाइडिङ गर्ने गरेको उहाँले जनाउनु भयो । 

ताजा समाचार

Related Articles