हेटौँडा अस्पतालमा मनोचिकित्सा कक्ष सञ्चालन

लोकप्रिय

हेटौँडा, असोज २६ गते ।
मनोचिकित्सको समस्या बढ्दै गएपछि हेटौँडा अस्पतालमा २५ शय्याको मनोचिकित्सा कक्ष सञ्चालनमा ल्याइएको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बिहीबार हेटौँडा अस्पतालमा स्थापना गरिएको मनोचिकित्सा कक्षको उद्घाटन गर्नुभयो ।
अस्पतालमा मनोचिकित्सा कक्षको उद्घाटन कार्यक्रममा मन्त्री जोशीले पछिल्लो समय प्रदेश सरकार मातहत रहेका प्रादेशिक अस्पतालका सेवाप्रति नागरिकहरुको गुनासो बढ्दो क्रममा रहेको बताउनुभयो ।
उहाँले सरकार र कार्यरत कर्मचारीहरुको सहकार्यमा उक्त गुनासो सम्बोधन गरी नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउनुुपर्नेमा जोड दिँदै अस्पतालको सेवा सुधारका लागि काम गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले अस्पतालभित्र डाक्टरहरु असुरक्षित हुँदा सेवामा नै प्रभाव परेको भन्दै समस्या समाधानका लागि सरकारले काम गरिरहेको छ भन्नुभयो ।
अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले अस्पतालको पुरानो भवनमा महिला र पुरुषका लागि छुट्टा छुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा कक्ष सञ्चालन गरिने बताउनुभयो ।
गत असारबाट हेटौंडा अस्पतालमा एक जना मनोरोग विशेषज्ञ नियुक्त भइ ओपिडीमार्फत् सेवा प्रवाह गर्दै आएको र हाल सो सेवालाई विस्तार गरी आकस्मिक र विरामी भर्ना सेवा दिने अस्पतालले तयारी गरेको हो । हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष राजेश प्रसाईले मनोचिकित्सा कक्ष सञ्चालनका लागि एक जना विशेषज्ञ चिकिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुल्ला गरिएको जानकारी दिनुभयो ।
हेटौँडा अस्पतालले मानसिक रोगबाट प्रभावित विरामीहरुलाई लक्षित गरी मनोचिकित्सा कक्षको सञ्चालनमा ल्याएको हो ।
तस्विरः बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बिहीबार हेटौँडा अस्पतालमा स्थापना गरिएको मनोचिकित्सा कक्षको उद्घाटन गर्दै ।

ताजा समाचार

Related Articles