पारा बास्केटबलमा लुम्बिनी प्रथम

लोकप्रिय

गोदावरी (कैलाली), असोज २८ गते । 

धनगढीमा सम्पन्न अन्तर प्रदेश पारा बास्केटबलमा लुम्बिनी प्रदेशको टिम प्रथम भएको छ । अपाड्ढता भएका व्यक्तिले खेल्ने उक्त पारा बास्केटबल प्रतियोगितामा प्रथमसँगै लुम्बिनी टिमले गोल्ड मेटलसहित नगद २५ हजार रुपियाँ पाएको छ ।

यस्तै, प्रतियोगितामा कर्णाली प्रदेश टिम दोस्रो र सुदूरपश्चिमको धनगढी टिम तेस्रो भएका छन् । दोस्रो र तेस्रोले क्रमशः १५ र १० हजार रुपियाँ नगद प्राप्त गरेका छन् । प्रतियोगीताका उत्कृष्ट खेलाडी  लुम्बिनीका खुमबहादुर पाण्डेले प्रमाणपत्रसहित नगद पाँच हजार प्राप्त गर्नुभयो । विजेता खेलाडीलाई सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले पुरस्कार वितरण गर्नुभएको थियो ।

यसअघि शनिबार प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट साउँदले विगतमा राज्यद्वारा पछाडि पारिएको सुदूरपश्चिमलाई हरेक क्षेत्रमा अपाङ्गतामैत्री बनाउने आफ्नो पहल रहने प्रतिबद्धता गर्नुभएको थियो । अपाङ्गता भएका व्यक्तिहरूलाई दयामाया मात्रै नभएर हकअधिकार र अवसर दिनुपर्छ भनेर यो वर्गको उत्थानमा प्रदेश सरकार गम्भीर रहने उहाँको भनाइ थियो ।

सुदूरपश्चिम खेलकुद परिषद्को आर्थिक सहयोगमा समावेशी पारा एथलेटिक्स स्पोर्टस क्लब धनगढीको आयोजनामा भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका कञ्चनपुर, धनगढी र टीकापुर गरी तीन टिम यस्तै, कर्णाली र लुम्बिनी प्रदेशका एक/एक टिम सहभागी थिए ।

ताजा समाचार

Related Articles