पशुपतिनगरमा भारतीय रुपियाँ सटही सुरु

लोकप्रिय

इलाम, असोज २९ गते । 

करिब ४० वर्षयता बन्द भएको भारतीय रुपियाँ सटहीको काम पुनः सुरु भएपछि इलामको पशुपतिनगर क्षेत्रका स्थानीय खुशी भएका छन् ।  यसअघि भारतीय रुपियाँ साटेर नेपाली रुपियाँ बनाउन नपाउँदा पूर्वी सीमावत्र्ती क्षेत्रका नागरिकले समस्या झेल्दै आएका थिए । 

भारतीय रुपियाँको कारोबार बढेपछि त्यसलाई साटेर नेपाली रुपियाँ बनाउन नेपालीले नै थप रकम खर्च गर्नुपरेको थियो । वर्षौंदेखिको भारतीय रुपियाँ सटहीको समस्या सुल्झाउन महाप्रसाद अधिकारीले सटही काउन्टर राख्न निर्देशनसँगै राष्ट्रिय वाणिज्य बंैक पशुपतिनगरमा सटही काउन्टर सुरु भएको जनाइएको छ । 

अहिले नेपालीका लागि प्रतिव्यक्ति दैनिक तीन हजार रुपियाँ र भारततर्फबाट आउने पर्यटकलाई प्रतिव्यक्ति दैनिक पाँच हजार रुपियाँ सटही सुविधा दिन थालिएको पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बंैकका प्रमुख राजन चौंलागाईले बताउनुभयो । 

‘भारतीय एकसय रुपियाँदेखि तलका नोटहरु सटही हुन्छन् ।’ चौंलागाईंले भन्नुभयो ‘एकसय रुपियाँभन्दा माथिका नोटहरु भने नेपालमा बन्धन हो ।’ चौंलागाईंका अनुसार दैनिक ५०–६० जनाभन्दा बढी व्यक्तिहरु भारतीय रकम सटहीका लागि आउनेगरेका छन् । 

बैंकलाई नगद २५ हजार रुपियाँसम्म सटही गर्न पाउने अधिकार भए पनि हालका लागि बजारको अवस्था हेरेर मात्र सटही गर्न थालिएको चौंलागाईंले बताउनुभयो । केही समयअघि गोरखापत्रमा भारतीय रकम सटहीसम्बन्धी समाचार प्रकाशित भएको थियो । 

ताजा समाचार

Related Articles