गणेशमान सिंह राष्ट्रिय टेनिस हुने

लोकप्रिय

काठमाडौँ, कात्तिक ४ गते ।

कात्तिक १८ गतेदेखि हुने प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । सिनियरमा ४, भेट्रानमा ७ र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।

सिनियर र भेट्रानमागरी जम्मा ९ लाख ५ हजार नगद पुरस्कार रहेको कमिटीका राजन खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गत संस्करणभन्दा पुरस्कार राशीमा २ लाख ५ हजार वृद्धि गरिएको छ । जुनियरमा भने प्रोत्साहनस्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपियाँ खर्च हुने बताइएको छ । आठ दिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

ताजा समाचार

Related Articles